ओलीको तस्वीर बिना एमालेको ब्यानर

cp new add
Nisharg hospital
Ban Mantralye

नेकपा एमालेले पार्टी स्थापना दिवसका लागि तयार पारेको नयाँ ब्यानरमा संस्थापक नेताहरूको मात्र तस्वीर समावेश गरिएको छ। महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको उक्त ब्यानरमा पुष्पलालसहितका संस्थापक नेताहरू देखिए पनि अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखिएको छैन।

यसअघि भने एमालेले प्रायः सबै ब्यानरमा ओलीको तस्वीर समावेश गर्ने गरेको थियो। यसपटक उनको अनुपस्थिति राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

tourism

स्रोतका अनुसार भोलि मनाइने स्थापना दिवस कार्यक्रममा ओली सहभागी हुने विषयसमेत निश्चित भइसकेको छैन। केही नेताहरूको सम्बोधनसहित सामान्य ढंगले कार्यक्रम सम्पन्न गर्ने तयारी भइरहेको जनाइएको छ, तर वक्ताहरूको अन्तिम टुंगो लागिसकेको छैन।

अघिल्ला वर्षहरूमा एमालेले स्थापना दिवसलाई भव्य रूपमा मनाउँदै आएको थियो।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...