कञ्चनपुरका मोहन ऐर: भाटिया हत्याकाण्डदेखि मान्छे बेपत्तासम्म, यस्तो छ क्राइम हिस्ट्री

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरमा व्यक्ति बेपत्ता पारेको मुद्दामा दोषी ठहर भएर फरार रहेका शुक्लाफाँटा नगरपालिका–१० का ४५ वर्षीय मोहन सिंह ऐरलाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ सालमा कैलालीको घोडाघोडीतिरका एक जनालाई बेपत्ता पारेको अभियोगमा अदालतले ऐरलाई १० वर्ष कैद सजाय र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

उनलाई पक्राउ गरेर कारवाहीका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) हेमबहादुर शाहीले बताए । ऐर यसअघि पनि विभिन्न अपराधिक गतिविधिमा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार उनी बेलौरीको चर्चित भाटिया हत्याकाण्डदेखि हातहतियार खरखजना र लागूऔषध सम्बन्धी मुद्दामा पनि मुछिएका थिए । डीएसपी शाहीकाअनुसार पछिल्लो पटक ६ चैत २०७८ मा कञ्चनपुरको मानबहादुर बमले दिएको मुद्दामा अदालतले दोषी ठहर गरेपछि समातिएका ऐर अन्य कसुरमा पनि संलग्न थिए ।

बेलौरीमा व्यापार गर्दै आएका भारतको लखिमपुर खिरीका जगदित भाटियाका दाइ कुलदीप भाटियाको घरमै प्रवेश गरि गोली प्रहार गरेर हत्या गरिएको थियो । यो हत्या प्रकरणमा सघाएको अभियोगमा दोषी ठहर भएका ऐरले पाँच वर्ष कारागार बिताएका थिए । यो घटनामा अन्य दुई जनाले १०-१० वर्ष कैद सजाय भुक्तान गरेका थिए ।

उनी झलारीबाटै ८ चैत २०६७ मा हातहतियार खरखजना मुुद्दामा पक्राउ परेका थिए । होलीको समयमा उनी चार राउण्ड गोलीसहित पक्राउ परेका थिए । सोही बेला उनलाई लागूऔषध चरेसको मुद्दा पनि चलाइएको थियो ।

पछिल्लो घटनामा भने ऐरले भारतबाट सुनचाँदी चोरी गरेर ल्याएका कैलालीका एक युवक कञ्चनपुर ससुराली गएका बेला बेपत्ता भएका थिए । ऐरले ती युवकको सुराकी गरि भारतीय प्रहरीमार्फत पक्राउ गराएर बेपत्ता पारेको अभियोग लागेको थियो । सोही मुद्दामा अदालतले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...