धनगढीमा श्री र बुद्ध एयरका विमान बिहानैदेखि ‘होल्ड’, यात्रु उडानको प्रतीक्षामै

cp new add
Nisharg hospital
suchana

धनगढी । प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने बुद्ध एयर र श्री एयरलाइन्सका उडानहरू बिहानैदेखि अवरुद्ध भएका छन्।

काठमाडौँबाट बिहानको पहिलो उडान धनगढीमा अवतरण भए पनि त्यसपछि धनगढीबाट कुनै पनि उडान हुन सकेको छैन। बिहानै धनगढीबाट काठमाडौँ जान घरबाट निस्किएका यात्रुहरू विमानस्थलमै उडानको प्रतीक्षामा बसिरहेका छन्।

धनगढी र काठमाडौँको मौसम सामान्य रहे पनि भैरहवा क्षेत्रको मौसम अनुकूल नभएकाले उडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ। बुद्ध एयरलाइन्सले भने यात्रुलाई उडानका लागि विमान राखेको थियो । तर पछि मौसम खराब भएको सूचना दिदै उनीहरुलाई ओरालेको थियो ।

हावाहुरीका कारण भैरवाह विमानस्थल बन्द भएको तथा नेपालगञ्ज पनि बन्द हुने अवस्थामा रहेको भन्दै धनगढीबाट उडेपछि वैकल्पिक विमानस्थल पनि नभएकाले उडाउन असमर्थ रहेको सूचना दिइएको थियो ।

Navjiwan hospital adv
Loading...