बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

cp new add
Nisharg hospital
suchana

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ।

अवैध सम्पत्ति लुकाएको आशंकामा विभागले सोमबार हेटौंडाको सानोपोखरास्थित बानियाँ निर्माण सेवा (बीएनएस) र उनकै निवासमा छापा मारेको हो। छापामार क्रममा त्यहाँबाट विभिन्न कागजातहरू नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार काठमाडौंको नक्साल र सुन्धारास्थित केही स्थानमा पनि विभागले एकैसाथ छापा मारेको छ।

विभाग निकट स्रोतका अनुसार बानियाँको सम्पत्ति र कारोबारमा केही अस्वाभाविक गतिविधि देखिएपछि अनुसन्धान अघि बढाइएको हो। छापामारका क्रममा उनका घर तथा कार्यालयबाट कागजात र प्रमाण संकलन गरी सर्जिमिनसहित मुचुल्का समेत तयार गरिएको बताइएको छ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय थिए। हाल पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको बताइन्छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...