कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद

cp new add
Nisharg hospital
suchana

धनगढी ।  कञ्चनपुरकैलाली मा प्रहरीले भन्सार छलिका सामान बरामद गरेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी र वडा नम्बर ४ बसपार्क क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ३ हजार ६५० रुपैयाँ बराबरका चिनी, मिस्री, केरा तथा किराना सामान प्रहरीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ सिसा पोष्ट क्षेत्रबाट अवैध रूपमा ल्याइएका ५९ हजार ५५० रुपैयाँ बराबरका कुर्ती, साडी, सुटपिस तथा किराना सामान पनि प्रहरीले बरामद गरेको छ ।

दुवै स्थानबाट बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...