जिप्रका कैलालीमा कार्यरत २२ प्रहरीलाई सेवा प्रवेश गरेकाे ११ वर्ष पूरा, मानव सेवामा आश्रीतलाई भाेजन खुवाए

cp new add
Nisharg hospital
suchana

धनगढी । नेपाल प्रहरीमा भर्ना भएर ११ वर्षकाे सेवा अवधि पूरा गरेकाे अवसरमा मानव सेवा आश्रममा आश्रित सडक मानवकाे सेवा गरिएकाे छ ।

जिल्ला  प्रहरी कार्यालय कैलालीमा कार्यरत रहेका २२ जना प्रहरी कर्मचारीले आइतबार  ११ वर्ष पूरा गरी १२औँ वर्षमा प्रवेश गरेको अवसरमा मानव सेवा आश्रममा आश्रीत ५६ जनालाई एकछाक भोजन खुवाएर सेवा गरेका हुन् ।

सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रम आयाेजना गरिएको बताएकाे छ ।

ब्याचका प्रहरी कर्मचारी हरिश प्रसाद पन्तको नेतृत्वमा कार्यक्रम गरिएको थियाे ।

कार्यक्रममा उनका ब्याजी दिलिप चन्द, महेश चन्द, राजेश पन्त, कमल साह लगायतका प्रहरी कर्मचारीको सक्रिय सहभागिता रहेको थियो ।

मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूलाई भोजन गराउँदै प्रहरी कर्मचारीहरूले समाजप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हरिस प्रसाद पन्तले बताए ।

प्रहरी सहायक हवल्दार दिलिप चन्दका अनुसार सेवा, सहयोग र मानवीय भावनालाई निरन्तर अघि बढाउने उद्देश्यले यस्तो कार्य गरिएको हो । उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय गतिविधिलाई निरन्तरता दिइने जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...