
धनगढी । कैलालीका दुई स्थानबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्लाको भजनी नगरपालिका–८ बदला चोकबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १ ग्राम ६०० मिलिग्राम पदार्थसहित टिकापुर नगरपालिका–१ निवासी २५ वर्षीय विष्णु कठायत र टिकापुर–१० का १९ वर्षीय धर्मेन्द्र शाह पक्राउ परेका हुन् ।
प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारेको जनाएको छ ।
यस्तै, गौरीगंगा नगरपालिका–८ चमारीपुरबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइनजस्तो पदार्थसहित १७ वर्षीय एक किशोर पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मसुरियालाई प्राप्त सूचनाका आधारमा प्रहरीले ती किशोरको शरीर तथा घरमा खानतलासी गर्दा लागूऔषध फेला परेको जनाएको छ ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

