सरकारलाई प्रचण्डको चेतावनी : संख्याको दम्भमा विधि मिच्ने काम नहोस्

cp new add
Nisharg hospital
suchana

काठमाडौं । नेकपाका संयोजक प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकारले संसद् छलेर अध्यादेश ल्याएको विषयमा आपत्ति जनाएका हुन् ।

‘संख्याको दम्भमा विधि मिच्ने काम नहोस् । आफैँले बोलाएको संसद् स्थगित गरेर जनप्रतिनिधिहरुलाई छलेर, एकपछि अर्को अध्यादेशमार्फत जे जसरी शासन चलाउनु खोज्नु भयो,’ उनले भने, ‘जसरी प्रतिशोधको गन्ध आउने गरी धरपकडहरु सुरु गर्नुभयो, सरकारको आलोचना गर्नेहरुलाई थुन्ने काम गर्नुभयो, यो लोकतान्त्रिक पद्दति र प्रणालीका लागि कसरी स्वीकार्य हुन सक्छ ? ’

उनले सम्पत्ति विवरणमा उठेका प्रश्नको पारदर्शी जवाफ दिनको सट्टा ढाकछोप गरिएको आरोप लगाए ।

‘हिजो पुराना दलहरु सबै उस्तै हुन, सबै खत्तम हुन भन्ने भाष्य निर्माण गरियो । तर आज तपाईंहरु त्यही स्वेच्छाचारिता, प्रतिशोध, लोकतान्त्रिक मूल्यमा आघात गर्दै संसद् छल्ने काम गर्दै हुनुहुन्छ,’ प्रचण्डको भनाइ छ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...