प्रधानमन्त्री खोज्दै विपक्षी दलले अवरोध गरेपछि नयाँ प्रतिनिधिसभा बैठक पहिलोपटक स्थगित

cp new add
Nisharg hospital
suchana

काठमाडौं । सरकारका नीति तथा कार्यक्रममाथिको सहभागी उपस्थित हुन र जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह स्वयं उपस्थित हुनुपर्ने विपक्षी दलको अडानका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

फागुन २१ गतेको चुनावपछि बनेको प्रतिनिधिसभा विपक्षीको अवरोधका कारण पहिलोपटक स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेर बैठक स्थगित गरेर समाधान खोज्न आग्रह गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।

सभामुखले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रस्ताव पेस गर्न दिएपछि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । विपक्षीको विरोधपछि रोष्ट्रममा पुगेका मन्त्री फिर्ता भएका थिए ।

त्यसअघि संसद्‌मा झण्डै एक घण्टा विपक्षी दलका सांसदले अवरोध गरेका थिए । संसद्ले प्रधानमन्त्रीको आवाज सुन्न चाहेकाले बालेनले नै प्रस्ताव पेस गर्नुपर्ने नेकपाका सचेतक युवराज दुलालले बताए ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले संसद्‌मा विरोध जनाएका थिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बैठक नै वहिस्कार गरेका छन् ।

एमाले उपाध्यक्ष गुरू बरालले प्रधानमन्त्री के कारणले संसद्‌मा उपस्थित हुन नसकेको भन्ने जवाफ चाहिने बताए । विपक्षीको विरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि भन्दै बुधबार दिउँसो सवा १ बजे स्थगित भएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...