कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

cp new add
Nisharg hospital
suchana

धनगढी । कञ्चनपुरमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु भएको छ ।

लालझाडी गाउँपालिका–४ को इटाहामा घर लिपपोत गर्नका लागि माटो लिन गएकी शुक्लाफाँटा नगरपालिका–१२ बस्ने ४० वर्षीया हर्दुलिया रानाको माथिबाट खसेको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले माटोको ढिस्कोमा पुरिएकी रानाको घटनास्थलमै मृत्यु भएको बताए । उनकाअनुसार ढिस्कोमा परेकी अर्की महिला पनि घाइते भएकी छन् ।

घाइते हुनेमा सोही ठाउँ बस्ने ५५ वर्षीया सुन्दरिया राना रहेको उनले बताए । रानालाई उपचारका लागि धनगढी ल्याइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...