कञ्चनपुरमा नहर छेउमा भेटिएको शवको पहिचान खुल्यो

cp new add
Nisharg hospital
suchana
धनगढी । कञ्चनपुरमा नहर छेउमा वेवारिसे अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
भीमदत्त नगरपालिका–६ ऐठपुरस्थित नहर छेउमा शुक्रबार मृत भेटिएका व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिनोद थापाले मृत भेटिनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–६ तोली घर भएका ४५ वर्षीय कमलबहादुुर बिष्ट भएको खुलेको बताए ।
उनी ऐठपुरस्थित नहर छेउमा मृत भेटिएका थिए । प्रहरीले घटनास्थल कार्य गरेर बिष्टको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका आफन्तले शवको सनाखत पुष्टि गरेका थिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...