


काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा बुधबार त्यसको प्रभाव देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९० हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
सुनको भाउ ओरालो गतिमा देखिएको छ । गत बिहीबार २ लाख ९३ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै गत माघ १५ गते हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा २१५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८६५ रुपैयाँमा झरेको छ । गत बिहीबार चाँदी ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

