पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

cp new add
Nisharg hospital
suchana

१७ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए ।

पाकिस्तान तहरीक(ए-इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ र उनलाई उपचारका लागि लाहोर पठाइएको छ । घटनामा अरु ३(४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइते हुनेमा पाकिस्तान तहरीक(ए(इन्साफका नेता फैसल जावेद पनि छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...