सुदूरपश्चिममा एमालेका नयाँ चार मन्त्री हुँदै , कसले कुन मन्त्रालय पाउँदैछन् ?

cp new add
Nisharg hospital

कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा नयाँ मन्त्री पठाउने तयारी गरेको छ। स्रोतका अनुसार दुई वर्षदेखि सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ तीन मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरिएको हो।

Nast Ad

एमाले स्रोतका अनुसार उपनेता सन्तोष शर्मा थापा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने तयारी गरिएको छ। उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा पुगिसकेको स्रोतले जनाएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा सन्तोष शर्मा थापा हुँदा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दमन भण्डारी नियुक्त हुने भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चक्र मल्ल हुँदा भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी जानकी ऐर बमले पाउने छिन् ।

मुख्यमन्त्री निकट स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ भोलि साँझसम्म हुन सक्ने सम्भावना छ।

हाल एमालेबाट सुरेन्द्र पाल भौतिक पूर्वाधार विकास मन्त्री, वीरबहादुर थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री तथा हीरा सार्की आन्तरिक मामिला तथा कानुन मन्त्री छन्। उनीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको छ।

त्यस्तै, भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउदलाई पनि फिर्ता बोलाउने तयारी गरिएको स्रोतले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...