लुम्बिनीका ५ नयाँ मन्त्रीले लिए शपथ

cp new add
Nisharg hospital
suchana
Nast new

लुम्बिनी प्रदेश सरकारमा पाँच नयाँ मन्त्री थपिएका छन्। नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमालेका चार र जनता समाजवादी पार्टी (जसपा) का एक जनालाई मन्त्री नियुक्त गरेका थिए।

नवनियुक्त मन्त्रीहरूमा तुलसीप्रसाद चौधरी, डिल्लीराज भुसाल, रामजीप्रसाद घिमिरे, रत्नबहादुर खत्री र भण्डारीलाल अहिर रहेका छन्।

मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारीसमेत तोकिएको छ। तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका छन्।

यस्तै रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् भने भण्डारीलाल अहिरले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्।

मन्त्रिपरिषद् विस्तारसँगै लुम्बिनी प्रदेश सरकारले आफ्नो कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...