१०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

cp new add
Nisharg hospital

काठमाडौं । पर्सामा १०५ किलो (प्लाष्टिकबाहेक) गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।

Nast Ad

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त टोलीले पटेर्वा गाउँपालिका – ३ सोनवर्षाबाट उनलाई नियन्त्रणमा लिएको हो । शंकाष्पद रुपमा बोरा बोकेर हिँडिरहेका बेला नियन्त्रणमा लिएर चेकजाँच गर्दा चौधरीले बोकेको बोरामा गाँजा भेटिएको हो ।

पर्सामा सोमबार साँझ नै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...