


धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सरकार पुर्नगठनको गृहकार्यमा रहेका शाहले नयाँ मन्त्रीलाई नियुुक्त गर्नअघि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
बैठकका लागि मन्त्रीहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्ने क्रम जारी रहेको छ । बैठकमा अहिलेसम्मको काम कारवाहीको समीक्षा गर्ने र मुख्यमन्त्री शाहले मन्त्रीहरुलाई धन्यवाद दिने बताइएको छ ।
शाहले आफूबाहेक कांग्रेस र एमालेबाट नयाँ मन्त्री बनाउने तयारी गरेका छन् । एमालेले नाम टुग्याएर शाहलाई बुुझाइसकेको तर कांग्रेसको दिवान विष्ट पक्षले नदिदा ढिलाइ भइरहेको बताइन्छ ।

