सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई राहत : अब निसर्ग अस्पतालमै ८० प्रतिशतसम्म उपचार खर्च सुविधा

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताले अब धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरबाट पनि कोषअन्तर्गतको स्वास्थ्य उपचार सुविधा लिन सक्ने भएका छन्। यस व्यवस्थासँगै सुदूरपश्चिमका हजारौं श्रमिक र उनीहरूका परिवारले सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

निसर्ग अस्पतालका प्रशासन प्रमुख रामप्रसाद ओझाका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत व्यक्तिहरूलाई अस्पतालमार्फत उपचार सेवा उपलब्ध गराउन थालिएको छ। कोषको स्वास्थ्य सुरक्षा योजनाले उपचार खर्चको ठूलो हिस्सा व्यहोर्ने भएकाले योगदानकर्तालाई आर्थिक रूपमा समेत राहत पुग्ने विश्वास गरिएको छ।

व्यवस्था अनुसार सामाजिक सुरक्षा कोषमा नियमित योगदान गरिरहेका व्यक्तिले निसर्ग अस्पतालमा उपचार गराउँदा उपचार खर्चको ८० प्रतिशत रकम कोषबाट र बाँकी २० प्रतिशत स्वयं सेवाग्राहीले तिर्नुपर्नेछ।

कोषअन्तर्गतको औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजनामा आबद्ध योगदानकर्ताले एक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा प्राप्त गर्न सक्नेछन्। तर उक्त सुविधा लिन कम्तीमा तीन महिना नियमित रूपमा कोषमा योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ।

उपचारपछि चिकित्सकको प्रेस्क्रिप्सन, औषधि तथा उपचारसम्बन्धी सक्कल बिल, सामाजिक सुरक्षा कोषको परिचयपत्रलगायत आवश्यक कागजात पेश गरी दाबी प्रक्रिया पूरा गर्न सकिने अस्पतालले जनाएको छ।

सामाजिक सुरक्षा कोषले स्वास्थ्य उपचारसँगै मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र उपदान सुविधा पनि उपलब्ध गराउँदै आएको छ। मातृत्व सुरक्षा योजनाअन्तर्गत महिला योगदानकर्ताले सुत्केरी हुँदा आर्थिक सहायता पाउने व्यवस्था छ भने रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगबाट प्रभावित श्रमिकले उपचार तथा आर्थिक सहयोग प्राप्त गर्न सक्छन्।

धनगढीमा सञ्चालित १०० शैयाको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले विशेषज्ञ तथा सुपर–स्पेसियालिटी स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा अत्याधुनिक आईसीयू, एनआईसीयू, २४सै घण्टा आकस्मिक सेवा, शल्यक्रिया, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा मेरुदण्ड, न्यूरो तथा नसा रोग उपचार, जनरल फिजिसियन तथा क्रिटिकल केयर सेवा उपलब्ध छन्।

अस्पताल प्रशासनका अनुसार सामाजिक सुरक्षा कोषको सुविधा प्रभावकारी रूपमा कार्यान्वयन भएपछि श्रमिक वर्गले अझ सहज र सुलभ रूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन्। उपचार खर्चको अधिकांश रकम कोषबाट प्राप्त हुने भएकाले बिरामी र उनीहरूका परिवारमाथिको आर्थिक भार समेत घट्ने अपेक्षा गरिएको छ।

अस्पतालले सामाजिक सुरक्षा कोषमा आबद्ध सम्पूर्ण योगदानकर्तालाई आफूले पाउने स्वास्थ्य सुरक्षा सुविधाको पूर्ण उपयोग गर्न र आवश्यकता पर्दा निसर्ग अस्पतालबाट सेवा लिन आग्रह गरेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...