धनगढीमा आफूमाथि आक्रमण गर्दै लुटिएको रास्वपा नेताको दाबी

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहले सुदूरपश्चिम प्रदेश महाधिवेशनबाट घर फर्किने क्रममा आफूमाथि आक्रमण भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सिंहले मंगलबार राति ७–८ जनाको समूहले योजनाबद्ध रूपमा आफूलाई सांघातिक आक्रमण गरेको र साथमा रहेका सामानसमेत लुटेर लगेको बताएका छन्।

“आज अधिवेशनबाट घर फर्किने क्रममा ७–८ जनाको समूहले ममाथि योजनाबद्ध रूपमा सांघातिक आक्रमण गरेको छ। आक्रमणकारीहरूले मसँग रहेको सामानसमेत लुटेर लगेका छन्,” उनले उल्लेख गरेका छन्।

सिंहले उक्त घटनालाई लोकतान्त्रिक अभ्यास र राजनीतिक सहभागितामाथिको आक्रमणको संज्ञा दिँदै घोर निन्दा गरेका छन्।
धनगढीमा जारी रास्वपाको सुदूरपश्चिम प्रदेश महाधिवेशनका क्रममा भएको भनिएको उक्त घटनाबारे प्रहरीले भने औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। घटनाको वास्तविकता र कारणबारे थप विवरण आउन बाँकी छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...