कञ्चनपुरमा खैरो हेरोइनसहित दुई किशोर पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाँ मैलीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई किशोर पक्राउ परेका छन्।

Nast Ad

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका अवस्थामा सुदूरपश्चिम प्रदेश ०१–००९ प ९६५१ नम्बरको मोटरसाइकलमा सवार दुई १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो।

उनीहरू कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका बासिन्दा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले शंकाका आधारमा चेकजाँच गर्दा उनीहरूको साथबाट ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको थियो। बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...