कैलालीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । जिल्लाका दुई स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

Nast Ad

टिकापुर नगरपालिका–८ श्रीलङ्काबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ५ ग्राम ५० मिलिग्राम धुलो पदार्थसहित बर्दियाको राजापुर नगरपालिका–७ भिमापुर निवासी १९ वर्षीय सनम थारु पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–७ जेपी चोकबाट खैरो हेरोइन जस्तो देखिने ५७० मिलिग्राम धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–७ कै २५ वर्षीय बेख लाल राना र २८ वर्षीय भक्तु राना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा लागूऔषध फेला पारेपछि नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...