४४४ जनाको काज बदरपछि सुदूरपश्चिम प्रहरीभित्र हलचल: बिचौलियामाथि पैँसा फिर्ताको दबाब

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) सानुराम भट्टराईले अस्वभाविक रुपमा चार सय ४४ प्रहरीको काज सरुवा गर्ने निर्णय बदर गरेपछि प्रहरी वृत्तमा हलचल मच्चिएको छ ।

Telecome

हालै सरुवा भएर गएका तत्कालीन प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर रानामाथि बिचौलिया र प्रदेशकै घुमुवा प्रहरीको प्रयोग गरेर रकम असुली गर्दै जादाजादै ती प्रहरीको काज सरुवा गरेको आरोप छ । सरुवा भइसकेपछि अस्वभाविक काज सरुवा गरेको विषय प्रेसपत्रले बाहिर ल्याएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा शुक्रबार उक्त निर्णय भट्टराईले बदर गरिसकेका छन् ।

२९ जेठपछि गरिएका काज सरुवा कार्यान्वयन नगर्न मातहतका कार्यालयलाई निर्देशन दिइएको छ । निर्णय बदर भएपछि काज सरुवा गर्नुअघि नै असुुलिएको रकम फिर्ता गर्न बिचौलियामाथि दबाब परेको छ । रकम असुलीमा संलग्न प्रहरी र बिचौलियाको समूह अहिले आफ्नो धन्दाबारेको सूचना सञ्चार माध्यममा कसरी चुहियो ? भनेर खोजीमा समेत लागेको छ ।

डीआईजी रानालाई बुझाउने भनेर असुलीको रकम फिर्ता गर्न दबाब बढेपछि यो समूह तनावमा परेको दाबी स्रोतको छ । सकभर सरुवा कार्यान्वयन गराउन प्रहरी संगठनलाई विभिन्न हिसाबले दबाब दिने त्यो सम्भव नभए असुुलिएको रकम फिर्ता गर्ने बारेमा उनीहरुबीच शुक्रबार राति अबेरसम्म छलफल चलेको खुलेको छ ।

डीआईजी रानाले बेडरुपसम्मै पहुँच दिएको उक्त बिचौलियाको समूहका कारण सरुवा भएर गएपछि उनी बदनाम भएका छन् ।
यो पनि पढ्नुहोस

प्रेसपत्र समाचार प्रभाव : डीआईजी रानाले गरेको ४४४ प्रहरीको काज सरुवा बदर

 

डीआईजी ओम रानाको पालामा सुदूरपश्चिम प्रहरीभित्र ‘विचौलिया’ राज

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...