धनगढीको साथी होटलको क्यासिनोले बन्धक बनाएर २० लाख लुटेको आरोप !

प्रतिनिधि कुँवर भन्छन् सबै झुठो हो

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । धनगढीको साथी होटलले सञ्चालन गर्दै आएको क्यासिनोले बन्धक बनाएर २० लाख रुपैयाँ लुटेको आरोप लगाइएको छ । होटलमा रहेको किङग्स लाउण्ड क्यासिनोले तीन दिनसम्म बन्धक बनाएर २० लाख रुपैयाँ लिएको गम्भीर आरोप लगाइएको हो ।

Telecome

प्रेसपत्रको सम्पर्कमा आएका आकाश भण्डारीले क्यासिनोका कर्मचारीले बन्दक बनाएर भाइ नाता पर्ने मामाको छोरा बलबहादुर रावतको साथमा भएको उक्त रकम लुटपाट गरिएको दाबी गरेका छन् । उनले भर्खरै जापानबाट फर्किएका बौनिया घर भएका भान्जा रावतमाथि क्यासिनोका कर्मचारी श्याम कुँवर र सुनिल श्रेष्ठले २० लाख लुटेको आरोप लगाएका छन् ।

‘मेरो मामाको छोरा बलबहादुर रावतको साथमा पैँसा देखेपछि भित्र डान्स बारमा जाउ भन्दै लगेका रहेछन् । तीन दिनमा उहाँको १५, २० लाख लुटिएको छ,’ भण्डारीले भने, ‘क्यासिनोभित्र लगेर दारु(मदिरा) खुवाएछ । गेम खेलाएर सबै पैँसा लुटेको रहेछ । अहिले बेहोस् अवस्थामा कोहलपुर अस्पताल भर्ना गरिएको छ ।’

कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न पाइदैन् । तर साथी होटलको क्यासिनोभित्र उनी कसरी प्रवेश गरे ? र उनी लुलिएको हुन ? होइनन् ? भन्ने कुराको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

भण्डारीले मामाको छोरालाई क्यासिनोमा लुुटिएको विषयमा प्रहरीलाई पनि जानकारी गराइसकेको दाबी गरेका छन् । तर, कैलाली प्रहरीले भने यसबारे कुनै जानकारी नआएको जनाएको छ ।

यता, किङग्स लाउण्ड क्यासिनोका प्रतिनिधि श्याम कुँवरले भने उक्त आरोपमा सत्यता नभएको दाबी गरेका छन् । उनले परिचय पत्रका आधारमा मात्र ती व्यक्तिलाई क्यासिनोमा इन्ट्री गर्न दिइएको बताए । बाहिर देशको परिचयपत्रका आधारमा क्यासिनोमा प्रवेश दिइएको भएपनि बुझ्दै जादा नेपाली भएको खुलेको कुुँवर बताउँछन् ।

नेपाली भएको कुरा थाहा पाइएपछि उनलाई क्यासिनो बाहिर निकालिएको बताउँदै फेरि प्रवेश दिन आग्रह गर्दै आएको कुँवरले बताए । प्रवेश नपाएपछि अनावश्यक आरोप लगाएको हुनसक्ने उनको दाबी रहेको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...