कैलालीमा भीरबाट फालिएको टेम्पो गरिमा विकास बैँकको नाममा रहेको खुलासा

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । कैलालीको गोदावरीमा वन कर्मचारीले अतिक्रमण हटाउने क्रममा भीरबाट फालेको भनिएको टेम्पो गरिमा विकास बैँकको नाममा रहेको खुलेको छ ।

Telecome

सार्वजनिक सवारी साधनका रुपमा प्रयोग गर्न मिल्ने सुपप्र ०१००१ ह ३१८० नम्बरको टेम्पो गरिमा विकास बैँकको नाममा रहेको पाइएको हो ।
बैँकको धनगढीस्थित चौराह शाखाले गेटाका कृष्णकुमार थापाले फाइनान्स गरेर खरिद गरिएको जनाएको छ । जसअनुसार थापा ऋणी र बैँक सवारी साधन धनी रहेको छन् । टेम्पोको फाइनान्स रकम सबै चुक्ता गरिसकेपनि अहिलेसम्म नामसारी भने गरिएको छैन् ।

२०८१ बैशाखमा नवीकरण भएको उक्त टेम्पो दुई वर्षदेखि नवीकरण समेत नगरिएको पाइएको छ । तर, गोदावरीको आमपानीकी धनादेवी धामीले सोही टेम्पो भीमदत्त राजमार्गको सडक छेउमा राखेर खुद्रा सामान बिक्रि गर्न प्रयोग गर्दै आएकी थिइन् ।

धामीले टेम्पो बैँकको नाममा रहेको स्वीकार गर्दै आफूले भने गोदावरीका हरी ऐरीमार्फत खरिद गरेको बताएकी छन् । दुई वर्षअघि टेम्पो खरिद गरेर अत्तरिया–गोदावरी सडकखण्डमा चलाउदै आएको उनी बताउँछिन् । छोरा विदेश गएपछि विगत एक वर्षदेखि खुद्रा सामान बिक्रि गर्ने गरेको उनको भनाई छ ।

स्वामित्व नभएपछि क्षतिपूर्तिको माग कमजोर, उल्टै कारवाहीको जोखिम

वन अतिक्रमण हटाउने क्रममा कर्मचारीले टेम्पो भीरबाट खसालेपछि धनादेवी धामी क्षतिपूर्ति माग गर्दै आएकी छन् । जिल्ला प्रशासन कार्यालय पुगेर धामीले टेम्पो र घर भत्काएकोमा क्षतिपूर्ति पाउनुपर्ने माग गरिरहेकी छन् ।

धामीलाई प्रशासनले टेम्पोको स्वामित्वसहितको कागजात पेश गर्न भनेपछि उनले पेश गर्न सकेकी छैनन् । सोही कारण क्षतिपूर्ति पाउनुुपर्ने उनको दाबी कमजोर बनेको छ ।

सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कुनै पनि सवारीसाधन जुन प्रयोजनका लागि खरिद गरेको हो ? त्यही प्रयोजनमा प्रयोग गर्नुपर्छ । यो टेम्पो सवारी बोक्ने प्रयोजनका लागि खरिद भएको देखिन्छ । तर धामीले त्यसलाई सामान बिक्रि गर्ने प्रयोजनमा प्रयोग गरेको पाइएकाले सोही ऐनअनुसार कारवाही आर्कषित हुनसक्छ ।

तोकिएको बाहेकको प्रयोजनमा प्रयोग गरिएमा ५ देखि १० हजार रुपैयाँसम्म जरिवान हुने व्यवस्था छ । त्यसकारण प्रशासनले चाहेमा यो ऐन आर्कषित गर्दै कारवाही गर्नसक्छ ।

स्रोतकाअनुसार धामीका स्वामित्व टेम्पोमा नदेखिएकाले उनले क्षतिपूर्ति नपाउने अवस्था बन्न पुगेको छ ।
टेम्पो भीरबाट फालिएको यो घटनामा प्रहरीले सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्णबहादुर बोहरा र वन रक्षक (जमदार) चेतराज फुलारालाई पक्राउ गरेर मुद्दा चलाएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...