कञ्चनपुरमा वडाध्यक्षमाथि पत्रकार कुँवरले हातपात गरेको घटनाको वास्तविकता के हो ?

आइतबार अपह्रान्न ५ बजेर ५३ मिनेटमा पत्रकार ऐश्वर्या कुँवरकै अकाउन्टबाट पोस्ट भएको ९ मिनेट ११ सेकेण्डको भिडियोमा भीमदत्त-१८ का वडाअध्यक्ष रविन्द्र देवकोटासित भनाभनपछि हातपातकै स्थितीमा पुगेको देखिन्छ ।

cp new add
Nisharg hospital

आइतबार दिउँसोदेखि सामाजिक सञ्जालमा एउटा भिडियो चर्चामा छ । जहाँ पत्रकार ऐश्वर्या कुँवर र कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ का वडाअध्यक्ष रविन्द्र देवकोटाबीच विवाद भएको देखिन्छ । भिडियोमा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि धक्कामुक्कासमेत गरेको देखिन्छ ।

Telecome

आइतबार अपह्रान्न ५ बजेर ५३ मिनेटमा पत्रकार कुँवरकै अकाउन्टबाट पोस्ट भएको ९ मिनेट ११ सेकेण्डको भिडियोमा उनीहरुबीच केही समय भनाभन भएको र पछि हातपातकै स्थितीमा पुगेको देखिन्छ ।

उक्त भिडियोलाई लिएर सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले पत्रकार हुनु कसैलाई कानुनभन्दा माथि हुने छुट नभएको भन्दै यो खराब प्रवृत्तिको सामना गर्नुपर्ने बताएका छन् ।

‘पत्रकार हुनु कसैलाई कानूनभन्दा माथि हुने छुट होइन । पत्रकारिताको परिचयपत्र अराजकता मच्चाउने, अपराध गर्ने लाइसेन्स बन्न सक्दैन । पछिल्ला ४ दिनमा घटेका (कञ्चनपुर र काठमाडौंका) दुई घटनाले अब हामीले पनि आफ्नै घरभित्र (नेपाल पत्रकार महासंघ) शल्यक्रिया गर्न तयार हुनुपर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘आफ्नो घरभित्रको खराबीप्रति निर्मम हुन नसक्ने हो भने बाहिरबाट पत्रकारिताको गरिमा जोगाउने नैतिक आधार कमजोर हुँदै जान्छ । एक-दुई जना अराजक व्यक्तिका कारण हजारौं इमानदार पत्रकारको प्रतिष्ठा धुलिसात हुन दिनु हुँदैन । अब चेतावनी होइन, कारबाही चाहिन्छ ।’

 

साभार : अर्जुन शाह, भवानी भट्ट / कान्तिपुर

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...