कैलाली र कञ्चनपुरमा भन्सार छलीका सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका करिब १ लाख ५८ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–७ जोख्खरताल नजिक तथा भजनी नगरपालिका–२ गौनहियाबाट अन्दाजी मूल्य   १ लाख ७ हजार ६ सय बराबरका बिडी, मोबाइल ग्लास, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अन्दाजी मूल्य ५० हजार ७ सय बराबरका मोबाइल कभर, सुट कपडा लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलाली, मातहतका प्रहरी इकाइ तथा इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ती सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।

Telecome
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...