दार्चुलामा चरेशसहित कुँवर प्रहरीको फन्दामा

cp new add
Nisharg hospital

दार्चुला । दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन्।

Telecome

महाकाली नगरपालिका–४ मोहतीबाट १३ ग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित दुहुँ गाउँपालिका–४ निवासी ४३ वर्षीय राजेन्द्रसिंह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि आवश्यक प्रक्रिया पूरा गरी उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...