डोटीमा चुनावका बेला मदिरा बिक्री वितरण तथा सेवनमा रोक

cp new add
Nisharg hospital

१९ कात्तिक, धनगढी । डोटीमा मंसिर ४ गते हुन प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरेर जिल्लामा कात्तिक १९ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो ।

Nast Ad

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम् शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा मदिरा ओसारपसारदेखि सेवनमा समेत पूर्णरुपमा निषेध गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए ।

शुक्रबार सार्वजनिक गरिएको सूचनामा मदिरा ओसारपसार, बिक्री बितरण र सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

सूचनामा भनिएको छ, ‘डोटी जिल्लाको सम्पूर्ण सुरक्षालाई दृष्टिगत गर्दै कात्तिक १७ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको निर्वाचन सुरक्षा समितिको बैठकको निर्णयअनुसार २०७९ कात्तिक १९ गते राति १२ बजेदेखि पहिलो हुने निर्वाचित प्रणाली बमोजिम अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको ओसारपसार, बिक्री बितरण र सेवनमा पूर्णरुपमा निषेध गरिएको कोही कसैले सूचनाको बर्खिलाप गरी मदिरा ओसारपसार, बिक्री बितरण र सेवन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने छ ।’

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...