
धनगढी । धनगढीमा चोरी मुद्दाका दुई फरार प्रतिवादी प्रहरीको फन्दामा परेका छन् । जिल्ला अदालतको फैसलाअनुसार चोरी मुद्दामा कैद तथा जरिवाना भएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ घर भएका सुरेश चौधरी रहेका छन् । चौधरीलाई अदालतबाट ३ महिना कैद सजाय र ७ हजार रुपैयाँ जरिवाना तोकिएका छ । यस्तै, धनगढी उपमहानगरपालिका २ बस्ने जोगलाल चौधरीलाई पनि पक्राउ गरिएको छ ।
उनलाई पनि चोरी मुद्दामा ४ महिना १५ दिन कैद सजाय र १० हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

