कैलाली प्रहरीलाई अर्काे सफलता :कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ


कैलाली प्रहरीले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई कारागारबाट फरार रहेका एक अभियुक्तलाई २२ वर्षपछि पक्राउ गरेको छ।

प्रहरी स्रोतकाअनुसार टीकापुर नगरपालिका-१ बस्ने धनबहादुर घर्तीमगरलाई पक्राउ गरिएको छ । उनी २०५६ साल १४ चैतमा साविककाे दुर्गाैली गाविस-१ का कृष्ण चाैधरीकाे हत्या अभियाेगमा कैद सजाय भाेगिरहेका थिए ।
उनी २०६१ सालमा कारागारबाट भागेपछि फरार थिए । भारतमा राेजगारी गर्दै आएका घर्तीमगर घर आएका बेला समातिएका हुन् ।
उनलाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय टीकापुरकाे संयुक्त टाेलीले नियन्त्रणमा लिएकाे हाे ।
यसबारे प्रहरीले औपचारिक जानकारी दिन भने बाँकी रहेकाे छ ।
