सरकारको सय दिने उपलब्धि : २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द

cp new add
Nisharg hospital

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले नेपालभित्र सञ्चालनमा रहेका २६ वटा दर्ता भएका बेटिङ एपहरू बन्द गरेको छ ।

Telecome

सरकारको ‘शासकीय सुधारका सय कार्यसूचीसम्बन्धी कार्यहरूको सारांश’ मा अवैध अनलाइन सट्टेबाजी र जुवाका डोमेन लिंकहरू बन्द गरिएको पनि उल्लेख छ । ‘नेपालभित्र सञ्चालनमा रहेका २६ वटा रजिस्टर्ड बेटिङ एप तथा अवैध अनलाइन सट्टेबाजी र जुवाका कुल दुई लाख ४८ हजार ६७६ वटा डोमेन लिंकहरू बन्द गराइएको छ,’ सारांशमा लेखिएको छ ।

सरकारले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत भएर कार्यान्वयनमा आइसकेको पनि जनाएको छ । यस्तै सय दिनको अवधिमा सरकारले सूचना प्रविधि, साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी विधेयकहरूको मस्यौदा तयार गरी अगाडि बढाएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

सेवा प्रवाहमा समयको बचत गने नीतिअनुरूप सरकारले प्रसारण इजाजत र चलचित्र जाँचपास जस्ता तीनदेखि सात दिन लाग्ने सेवाहरूलाई पुनर्संरचना गरी एकदेखि तीन दिनभित्रै उपलब्ध गराउन थालेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...