बझाङका बोहराको शव *मकैबारीमा भेटियो, हत्या आरोपमा ६ जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । बझाङमा एक जनाको हत्या भएको छ । केदारस्युँ गाउँपालिका–६ को त्याडीगाउँका ४२ वर्षीय मोहनबहादुर बोहराको हत्या भएको प्रहरीले जनाएको छ ।

Telecome

उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले शुक्रबार साँझ आपसी विवादका क्रममा बोहराको हत्या गरेको पाइएको बताए ।

उनकाअनुसार हत्यामा संलग्न भएको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर अनुुसन्धान भइरहेको छ । बोहराको शव मकै बारीमा फालेको अवस्थामा फेला परेको छ ।

डीएसपी जोराले अहिले उनीहरुमाथि अनुसन्धान भइरहेको बताउँदै घटनाबारे विस्तृत विवरण त्यसपछि सार्वजनिक गरिने जानकारी दिएका छन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...