बैतडीका भण्डारी अचेत अवस्थामै डिस्चार्ज, अत्तरिया हस्पिटलले दिमागको नसा काटेको आशंका !

cp new add
Nisharg hospital

धनगढी । कैलालीको अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेका बैतडीको पाटन नगरपालिका–६ का हेमन्त भण्डारीलाई अस्पतालले अचेत अवस्थामै डिस्चार्ज गरेको छ । अत्तरिया हस्पिटलले गरेको पहिलो शल्यक्रियामा समान्य अवस्थामा रहेका उनी केही घण्टामा बेहोस् भएका थिए ।

Telecome

अस्पतालकै आईसीयूमा बेहोस् भएपनि समयमै उपचार नपाएका भण्डारीलाई अचेत अवस्थामा भारतको रुद्रपुर लगिएको थियो । मेडिसिटी हस्पिटलले अचेत अवस्थामा स्थिर रहेको भण्डारीको स्वास्थ्य सुधार नहुने भन्दै डिस्चार्ज गरेर घर फर्काएको छ ।

उनलाई अचेत अवस्थामै पाटनस्थित घरमा पुगाइएको छ । रुद्रपुरका चिकित्सकले भण्डारीको मुुटुको चाल ठीक भएपनि शल्यक्रियाका क्रममा अत्तरिया हस्पिटलका डाक्टरले ब्रेनको नसा काटिदिएको आशंका व्यक्त गरेको परिवारले जनाएको छ ।

जसका कारण मस्तिष्कमा रगतको सञ्चार नभएकाले भण्डारी अचेत बनेको डाक्टरको भनाइ रहेको उनका आफन्त चमन भण्डारीले बताए । मुटुबाट मस्तिष्कमा रगत सञ्चार हुने नशा काटिएपछि सुकेको अवस्थामा रहेकाले स्वास्थ्य सुधार नहुने भएकाले खर्च नगर्न भनी चिकित्सकले फर्काएका हुन् ।

मुटुको समस्या लिएर समान्य अवस्थामै अत्तरिया हस्पिटल पुगेका भण्डारीको शल्यक्रियापछि समस्या आएको थियो । अत्तरिया हस्पिटलकै लापरवाहीले भण्डारी जीवन मरणको दोसाधमा पुगेको भन्दै उनको परिवारले कानुनी उपचार खोज्ने जनाएको छ ।

 

घटनाबारे विस्तृत जानकारी थाहा पाउन यो समाचार पढ्नुहोस्

अत्तरिया हस्पिटलमा मुटुको शल्यक्रिया गरेका भण्डारीको अवस्था चिन्ताजनक, चिकित्सकमाथि लापरवाहीको आरोप

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...