राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा

cp new add
Nisharg hospital

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताएको छ ।

Nast Ad

प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमति लत्त्याउन नपाउने बताएका हुन् ।

‘२०७७ जेठ ७ गते संसद्‌बाट सर्वसम्मत पास भएको नक्सा र राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन’ उनले भने, ‘यो अभिव्यक्ति आपत्तिजनक छ, यसले हाम्रो सार्वभौमिकतामाथि प्रश्न उठाएको छ ।’

प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिका कारण मुलुकमा गम्भीर संकट र अन्योल सिर्जना भएको तामाङले बताए । सांसद तामाङले सुकुमबासी बस्तीबाट विस्थापित भएर होल्डिङ सेन्टरमा पुगेकी सबिना कार्कीको मर्मस्पर्शी अवस्था सदनमा सुनाए ।

‘सबिना कार्कीले खाना र बस्नको ठेगान नभएपछि १ लिटर पेट्रोल बोकेर बसेको छु भन्दा बडो टेन्सन भयो । हाम्रा नागरिक यस्तो अवस्थामा पुग्नु राज्यका लागि लाजमर्दो विषय हो,’ उनले भने । सुकुमबासीहरूका लागि तत्काल गाँस र बासको उचित व्यवस्था गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण पनि तामाङले गराए ।

तामाङले १८१६ को सुगौली सन्धिदेखिको इतिहास कोट्याउँदै नेपालले आफ्नो एक तिहाइ भूभाग गुमाउनुपरेको बताए । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको आधिकारिक नक्सामा समेटिइसकेको अवस्थामा प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको छ भन्ने आशयको अभिव्यक्ति दिनु तथ्यहीन र राष्ट्र हित विपरीत भएको उनको तर्क थियो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...