एमालेको टिप्पणी- ओलीलाई पक्राउ गर्नु नै सरकारले १०० दिनको उपलब्धि ठान्यो

cp new add
Nisharg hospital

काठमाडौँ । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले सुशासनका नाममा सरकारले गैरकानुनी र प्रतिरोधपूर्ण तरिकाले राजनीतिक दलहरूमाथि आक्रमण सुरु गरेको आरोप लगाएकी छन् ।

Nast Ad

प्रतिनिधि सभाको बैठकमा बोल्दै पहिला थुन्ने, अनि सुन्ने नीति लिएको भन्दै असन्तुष्टि जनाइन् । यो अधिनायकवादी शैलीबाट सरकारले कानुनी शासनको कस्तो नौलो परिभाषा स्थापित गर्न खोजेको हो रु भन्दै प्रश्न गरिन्।

उनले भनिन्, ‘सुशासनका नाममा गैरकानुनी र प्रतिरोधपूर्ण तरिकाले राजनीतिक दलहरूमाथि आक्रमण सुरु गरियो । प्रतिस्पर्धी दलहरूलाई कमजोर बनाउने योजनामा सरकार सामाजिक सञ्जालमार्फत अफवाह फैलाउँदै माहोल तयार गर्ने र झुट्टा मुद्दामा धरपकड गर्ने जस्ता काम भएका छन् ।’

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्व मन्त्रीहरूलाई थुन्ने, म्याद थप्ने र केही सीप नलागेपछि छोडिदिने विषयलाई नै सरकारले सय दिनको उपलब्धि ठानेको टिप्पणी गरिन् ।

उनले थपिन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै सस्तो लोकप्रियताका लागि असंवैधानिक हिसाबले छानबिन आयोग गठन गरियो । त्यसमा त्यति धेरै केही भन्नु छैन, छानबिनको निम्ति सबै तयार हुनुपर्छ। तर एकतिर आयोग गठन गर्ने, अर्कोतिर मन्त्री, सांसदलाई त्यसको छानबिनको दायराभन्दा बाहिर राख्ने निर्णयसँगै सुशासनको तमासा र आयोग गठनको नियत प्रस्ट देखिन्छ।’

उनले रास्वपा कुनै वासिङ मेसिन नभएको टिप्पणी गरिन् । उनले भनिन्, ‘म कुनै आरोप लगाउन चाहन्न, तर आरोप नठान्नुस् रास्वपा आफैँमा वासिङ मेसिन होरु त्यहाँ पसेपछि सफा भइहाल्नेरु यो कुरालाई हेक्का राख्नुस्। यसैले भोलि कुनै समस्या आउन सक्छ।’

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...