काठमाडौँको जडीबुटीबाट ३२ जना बिचौलिया पक्राउ

cp new add
Nisharg hospital

काठमाडौँ । प्रहरीले काठमाडौँको जडीबुटीबाट बिचौलियाहरूलाई नियन्त्रणमा लिएको छ । सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने यात्रुहरूलाई तानातान गरेर हैरानी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

Nast Ad

बिहीबार बिहान जडीबुटीबाट ३२ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए । जडीबुटीमा अरनिको यातायातले रामेछाप, दोलखा र सिन्धुपाल्चोकतर्फ चल्ने बसहरू छुट्ने बसपार्क सञ्चालन गरेको छ । त्यहाँबाट तराई र पूर्व क्षेत्रमा जाने साना सवारी साधन पनि छुट्छन् ।

बिचौलियाहरूले गाडीमा सिट मिलाइदिने नाममा यात्रुको झोला तान्ने र अशोभनीय तरिकाले महिलाहरूलाई हात समातेर दुर्व्यवहार गर्ने गरेका गुनासो आएको एसएसपी खड्काले जानकारी दिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा आरोपीहरुको विवरण जाँच गरेर थप अनुसन्धान गरिने एसएसपी खड्काले जानकारी दिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार काठमाडौँको बल्खु क्षेत्रबाट १७ जना बिचौलियालाई पक्राउ गरेको थियो । हिजो पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको एसएसपी खड्काले बताए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...