पक्राउ गर्न पुगेको प्रहरीमाथि नै पेस्तोल ताकेपछि…

cp new add
Nisharg hospital

रुपन्देही । रुपन्देहीमा लागुऔषध कारोबारको आशंकामा प्रहरीले जवाफी फायरिङ गर्दै एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

Nast Ad

रुपन्देही प्रहरीका अनुसार रुपन्देहीको मायादेवी गाउँपालिका–५ स्थित गुवानिया चोक नजिकबाट भारतको उत्तर प्रदेशको अमेठी घर भएका अन्दाजी ५० वर्षीय एकवाल खानलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले खानलाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि नै पेस्तोल तेर्स्याएरपछि आत्मरक्षाका लागि जवाफी फायरिङ गरिएको जनाएको छ ।

जवाफी फायरिङका क्रममा खानको देब्रे खुट्टाको पिँडौलामा गोली लागेको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको र उपचारपछि डिस्चार्ज भई हाल प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिको साथबाट ब्राउन सुगर, एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...