
२१ कात्तिक, धनगढी । बैतडीका तीन स्थानीय तहमा मङ्गलबार भोलि बिदा दिइएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा भोलि सार्वजनिक बिदा दिइएको छ ।
दशरथचन्दमा रहेको प्रसिद्ध जगन्नाथ मन्दिरमा जात्रा लाग्ने भएकाले मङ्गलबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
प्रसिद्ध मेलौली भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएकाले नगर क्षेत्रमा आज र भोलि दुई दिन सार्वजनिक बिदा दिइएको र सुर्नयास्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा जात्रा लाग्ने भएकाले भोलि सार्वजनिक बिदा दिइएको पालिकाहरुले सूचनामार्फत जनाएका छन् ।

