धनगढीकी आस्था २४ वर्षमै ‘साहु’ बनिन्, मन्चिज रेष्टुरेन्ट सञ्चालनमा ल्याइन्

cp new add
Nisharg hospital

धनगढी । विदेशिने लहरबीच आइटीमा स्नातक गरेकी धनगढीकी २४ वर्षीया आस्था कुँवरले स्वदेशमै उद्यम गर्ने निर्णय गर्दै धनगढी–८ मा ‘मन्चिज रेष्टुरेन्ट’ सञ्चालनमा ल्याएकी छन्।

Nast Ad

सोमबार आयोजित कार्यक्रममा होटल व्यवसायी संघ कैलालीका महासचिव ८८प्रजापति जोशी ९प्रकाश०८८ले रेष्टुरेन्टको उद्घाटन गरे। कार्यक्रममा संघका अध्यक्ष केशवराज पाण्डेयसहित व्यवसायी र कुँवरका आफन्तको उपस्थिति रहेको थियो।

गत वर्ष आइटीमा स्नातक उत्तीर्ण गरेकी कुँवरले विदेश जाने अवसर भए पनि आफ्नै जन्मथलोमा केही गर्ने उद्देश्यले काठमाडौंको बसाइ अन्त्य गरी धनगढी फर्किएको बताइन्।

‘अहिले धेरै युवा विदेशतर्फ आकर्षित भइरहेका छन्। तर मैले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचेर धनगढी फर्किएकी हुँ,’ उनले भनिन्, ‘स्वदेशमै उद्यम गरेर रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विश्वासका साथ स्वादार्थ फुड्स एण्ड अर्गानिक प्रालि स्थापना गरी त्यसअन्तर्गत मन्चिज रेष्टुरेन्ट सञ्चालनमा ल्याएकी हुँ।’

कुँवरका अनुसार कम्पनीमार्फत फ्रोजन मःम, विभिन्न प्रकारका अचार तथा चिली आयल ९खुर्सानीको तेल० उत्पादन गरी देशभर बिक्री–वितरण गर्ने योजना छ।

धनगढी–८ स्थित सहिदगेट–क्याम्पस चोक सडकको शिवनगर पुल नजिकै रहेको रेष्टुरेन्टमा कोदो, फापर र मकैका मःमसँगै भेज, पनिर र चिकेन मःम सुपथ मूल्यमा उपलब्ध हुने उनले बताइन्। उनका अनुसार अजिनामोटो नहालिएको भेज मःम १३० रुपैयाँ, चिकेन मःम १६० रुपैयाँ, पनिर मःम १८० रुपैयाँ, फ्रेन्च फ्राइज १५० रुपैयाँ र चिकेन ससेज ६० रुपैयाँमा पाइन्छ।

करिब १२ लाख रुपैयाँ लगानीमा सुरु गरिएको यस व्यवसायले हाल दुई महिलालाई रोजगारी दिएको छ। व्यवसाय विस्तारसँगै थप महिलालाई तालिम दिएर रोजगारसँग जोड्ने योजना रहेको कुँवरले सुनाइन्।

‘हामीसँग काम गर्ने महिलाहरूलाई सीप सिकाएर भविष्यमा उहाँहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने बनाउने लक्ष्य छ,’ उनले भनिन्।

मुख्यतः विद्यार्थी र युवा वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याइएको मन्चिज रेष्टुरेन्टको सेवा विस्तार गर्दै भविष्यमा अन्य स्थानमा पनि शाखा खोल्ने योजना रहेको कुँवरले बताइन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...