कञ्चनपुरमा श्रीमतीको कुटपिटपछि मृत्यु, श्रीमान् पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा श्रीमतीको कुटपिटपछि मृत्यु भएको छ भने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।

Nast Ad

दोधाराचाँदनी नगरपालिका–१० फगिरे चौराहामा ४५ वर्षीय रनबहादुर सुनारले आफ्नी ४२ वर्षीया श्रीमती पारु सुनारलाई कुटपिट गरेका थिए ।

कुटपिटमा घाइते भएकी उनको दोधाराचाँदनी अस्पतालमा उपचार गरिएको थियो । बुुधबार मात्र अस्पतालबाट डिस्चार्ज भएकी पारुको बिहीबार बिहान  मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको मृत्युपछि श्रीमान रनबहादुरलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरेको छ । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

 

Navjeen New Ad
Loading...