श्रीमती हत्या आरोपमा एक जना पक्राउ

cp new add
Nisharg hospital

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–४ डाँडागाउँमा श्रीमती हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

Nast Ad

पक्राउ पर्नेमा चैनपुर नगरपालिका–७ घर भई हाल मादी–४ डाँडागाउँ बस्दै आएका ५६ वर्षीय अमरबहादुर सार्कीले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले बताए ।

शनिबार बिहान ६ बजे ४३ वर्षीया श्रीमती फुलमाया मुदेललाई घरायसी विवादका क्रममा अमरबहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट फुलमायाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि उनी आफैं मादीस्थित मङ्लबारे प्रहरी चौकीमा पुगेका थिए। घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा घटनास्थल मादी पुगेको थियो ।

प्रहरीले अमरबहादुरलाई घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि ओखरबोटस्थित मादी नगर अस्पताल ल्याइएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...