धनगढी घर भएकी युवती काठमाडौँको होटलमा मृत फेला

cp new add
Nisharg hospital

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक जना युवती मृत अवस्थामा फेला परेकी छन् । नयाँ बसपार्कमा रहेको एक गेस्ट हाउसको कोठामा ३० वर्षभन्दा मुनिकी निशा सुनार मृत फेला परेकी हुन् ।

Nast Ad

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गेस्ट हाउस सञ्चालकले कोठाभित्र गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।

पोस्टमार्टमका लागि उनको शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको र अहिलेसम्म कोही पनि पक्राउ परिनसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गोङ्गबुको बिजी मल पछाडि रहेको माउण्ट एल्भिस होटलमा धनगढी स्थायी ठेगाना बताउने २८–३० वर्ष उमेरकी निशा सुनार मृत फेला परेकी हुन् ।

उनले होटलमा बस्न जाँदा टिपाएको ठेगानाबाहेक अन्य कुनै प्रमाणित तथ्य फेला परेको छैन । आफन्त पनि सम्पर्कमा आएका छैनन् ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...