बाजुरामा जिप दुर्घटना, चालकसहित ९ जना घाइते

cp new add
Nisharg hospital

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।

Nast Ad

सोमबार दिउँसो करिब साढे १ बजेतिर सुप्रप्र ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोला निवासी २५ वर्षीय जनवीर बुढासहित ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूमा धर्मलाल बुढा, मिजरा बुढा, अम्मर सिंह बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा रहेका छन्।

प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...