कञ्चनपुरमा ६ लाखको अवैध सामान बरामद

cp new add
Nisharg hospital

धनगढी । कञ्चनपुरमा प्रहरीले ६ लाखको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका करिब ६ लाख ५ हजार १६८ रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको हो ।

Nast Ad

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतका वडा प्रहरी कार्यालय महेन्द्रनगर, अस्थायी प्रहरी पोस्ट बसाहा, अस्थायी प्रहरी बिट कलुवापुर र अस्थायी प्रहरी बिट सुकासालबाट खटिएको प्रहरी टोलीले साउन ५ र ६ गते जिल्लाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा रहेका अवैध सामान फेला पारेको हो।

बरामद गरिएका सामानमा मोबाइल कभर, मोबाइल ग्लास, जुत्ता, चप्पल, लेहेंगा, साडी, बिडी, सुर्ती, चकलेट, चिनी, मिस्री, दाल तथा विभिन्न किराना सामग्री रहेका छन्।

प्रहरीका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...