बाजुराको छेडेदह तालमा ६२ वर्षीया महिला मृत फेला

cp new add
Nisharg hospital

बाजुरा ।  बाजुराको खप्तडछेडेदह गाउँपालिका–६ स्थित छेडेदह तालमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।

Nast Ad

मृतक खप्तडछेडेदह गाउँपालिका–७ निवासी माने कठायतकी ६२ वर्षीया श्रीमती धरु देवी कठायत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धरु देवी साउन १७ गते साँझ करिब ६ बजे घरपरिवारलाई कुनै जानकारी नदिई घरबाट निस्किएकी थिइन्। त्यसपछि उनको खोजी भइरहेको अवस्थामा साउन १९ गते दिउँसो करिब २ः३० बजे छेडेदह तालमा उनको शव फेला परेको हो।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी दोगडीबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द पन्तको कमाण्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक गगन सिंह भाटको कमाण्डमा अपराधस्थल अनुसन्धान ( SOCO ) टोलीसहित सात सदस्यीय प्रहरी टोलीसमेत खटिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...