गोलबजार गोलीकाण्ड : उच्चस्तरीय छानबिन समितिद्वारा स्थानीयस्तरमा छलफल सुरु

cp new add
Nisharg hospital

सिरहा । सुनसरीको कप्तानगञ्ज घटनापछि भड्किएको तनावको ठूलो प्रभाव सिरहाको गोलबजारमा परेको थियो । गोलबजारमा प्रहरीको गोली समेत चल्यो । प्रहरीको गोलीबाट सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको ज्यान गएको थियो ।

Nast Ad

गणेशको मृत्यु भएको घटनाको छानबिन गर्न गृहमन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमो उच्चस्तरीय समिति गठन गरेको थियो । सो समिति गोलबजार पुगेर अध्ययन थालेको छ । समितिले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको छ ।

छानबिन समितिले सोमबार गोलबजारमा भएका घटनास्थलहरूको अनुगमन गरेको थियो । त्यसपछि मंगलबार बिहान गोलबजार नगरपालिकामा सर्वदलीय बैठक बसेर घटनाबारे जानकारी लिएको छ । यसैगरी, दोस्रो चरणमा उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय साहसहितका व्यवसायीहरूसँग बैठक बसेर आन्दोलनका क्रममा भएको क्षति, घटनाको पृष्ठभूमि तथा व्यवसायीका गुनासाबारे जानकारी लिएको समितिले जनाएको छ ।

समितिले तेस्रो चरणमा मुस्लिम समुदायका प्रतिनिधिहरूसँग छुट्टै बैठक गरी घटनाको कारण, प्रभाव र सामाजिक सद्भाव कायम गर्ने उपायबारे छलफल गरेको गोलबजार नगरपालिकाकाका प्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए । समितिका संयोजक सहसचिव शाहीले सुनसरीमा सुरु भएको घटनाको प्रभाव सिरहाको गोलबजारसम्म कसरी फैलियो ?  आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो ?  र, गणेश यादवको मृत्यु कसरी भयो ?  भन्ने विषयलाई केन्द्रमा राखेर छानबिन भइरहेको बताए ।

उनले पहिलो प्राथमिकता गोलीकाण्डको सत्यतथ्य उजागर गर्दै र घटनाको सम्पूर्ण पृष्ठभूमि अध्ययन गरेर प्रतिवेदन गृहमन्त्रालयमा पेस गरिने जानकारी दिए । यस्तै, व्यवसायीको भौतिक संरचना तथा सम्पत्तिमा भएको क्षतिको विवरण स्थानीय प्रशासन र जिल्ला प्रशासन कार्यालयले संकलन गरिरहेको उनले बताए । गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साहले व्यवसायीलाई सुरक्षित वातावरण सिर्जना गर्दै पुरानै अवस्थामा फर्काउने जिम्मेवारी राज्यको भएको बताए । उनले दोषी जोसुकै भए पनि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरे ।

गोलबजार नगरपालिकाका प्रमुख श्रेष्ठले गोलीकाण्डसँगै आन्दोलनका क्रममा व्यवसायीले बेहोरेको क्षतिको पनि छुट्टै छानबिन गरी राज्यले उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने बताए ।

यसअघि गृहमन्त्री सुधन गुरुङले मृतक गणेश यादवको घरमा पुगेर परिवारसँग सहमति गर्दै घटनाको निष्पक्ष छानबिन गरेर दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...