दार्चुलामा भिरबाट लडेकाको प्रहरीद्धारा उद्धार

cp new add
Nisharg hospital

दार्चुला।  दार्चुलाको व्यास गाउँपालिका–३ गल्थामा भिरबाट लडेर एक जना घाइते भएका छन्।

शुक्रबार बिहान करिब १०:१५ बजे गल्था निवासी अन्दाजी ५५–५६ वर्षीय मदनसिंह डडाल घरबाट सुनसेरातर्फ जाने क्रममा गल्थास्थित भिरबाट करिब २०–२५ मिटर तल खसेका हुन्। दुर्घटनामा उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सुनसेराबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उनको उद्धार गरेको थियो। घाइते डडाललाई उपचारका लागि तत्काल स्वास्थ्य चौकी सुनसेरामा लगिएको प्रहरीले जनाएको छ।

Nast Ad
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...