धनगढीमा डा. केसीका प्रतिनिधिसँग सरकारी वार्ता टोलीले थाल्यो छलफल, सांसद पुकार बम पनि सहभागी

cp new add
Nisharg hospital

धनगढी । बिहीबारदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता टोलीले छलफल थालेको छ । केसीका प्रतिनिधि र सरकारी टोलीबीच सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.हेमराज पाण्डेको कार्यकक्षमा केही बेरअघि छलफल सुरु भएको हो ।

Nast Ad

वार्तामा सरकारका तर्फबाट प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, प्रतिनिधि सभा सदस्य पुकार बम, शिक्षा तथा खेलकुुद मन्त्रालयका सचिव चूडामणी पौडेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा.विकास देवकोटा सहभागी छन् ।

डाक्टर केसीका तर्फबाट उनका सहयोग डाक्टर अमृत जैशी र पवन थापा सहभागी रहेका छन् । उनीहरुबीच केसीले उठाएका मागबारे संवाद भइरहेको छ । केसीका माग सम्बोधन गर्न सरकार सकारात्मक भएपनि सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति डा. सुनिल प्रसाद जोशी र रजिष्ट्रारलाई हटाउने विषयमा भने पेचिलो बनेको छ ।

सरकार पक्षले उनीहरुलाई जिम्मेवारी मुक्त गर्न सकिने प्रावधान नभएका कारण उक्त मागमा सहमती जुट्ने सम्भावना कम रहेको छ । केसीका मागबारे वार्ता गर्नुअघि उनीहरुले सेती प्रादेशिक अस्पतालको आईसीयू वार्डमै पुगेर केसीसँग भेटघाट गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...