सिक्री लुटेर प्रहरीमाथि खुकुरी हान्ने तामाङलाई गोली प्रहार गरी गरियो पक्राउ

cp new add
Nisharg hospital

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ।

Nast Ad

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभएको छ।

गएराति पक्राउ गर्न खोज्दा उनले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट उनी विभिन्न आपराधिक घटनामा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...