एमालेमा गोप्य भेला बढेको भन्दै झपट रावलको प्रश्न

cp new add
Nisharg hospital

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीभित्र बढ्दै गएको गोप्य भेला र सत्ता समीकरणको अभ्यासप्रति असन्तुष्टि जनाएका छन्। उनले सत्ता वा अन्य सहकार्य पार्टीको आधिकारिक नीति र निर्णयअनुसार पारदर्शी रूपमा हुनुपर्ने बताएका छन्।

रावलले व्यक्तिको निवासमा सीमित समूहबीच हुने गोप्य छलफलले पार्टीलाई थप क्षति पुग्ने भन्दै सत्ता प्राप्तिका लागि सिद्धान्त र निष्ठा त्याग्ने प्रवृत्तिको आलोचना गरेका छन्। उनले एमालेले विगतका असैद्धान्तिक गठबन्धनबाट पाठ सिक्दै जबज, आन्तरिक लोकतन्त्र, विधि र निष्ठाको राजनीतिमा फर्किनुपर्ने बताएका छन्।

बागमती प्रदेशको पछिल्लो सत्ता समीकरणलाई उदाहरण दिँदै उनले व्यक्तिवादी स्वार्थ र सत्ता केन्द्रित राजनीतिले पार्टीको मौलिक पहिचान, जनविश्वास र वैचारिक छविमा दीर्घकालीन क्षति पुग्ने चेतावनी दिएका छन्। रावलले सत्ता क्षणिक भए पनि विचार र सिद्धान्तप्रतिको निष्ठा नै पार्टीको स्थायी आधार भएको उल्लेख गर्दै नेतृत्वलाई पारदर्शी, संस्थागत र सिद्धान्तमा आधारित राजनीति गर्न आग्रह गरेका छन्।

Nast Ad
Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...